पाल्मरको चार गोलमा चेल्सी विजयी
काठमाडौँ- चेल्सीले ब्राइटनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए । पाल्मरले २० मिनेटमा चार गोल गरेर चेल्सीलाई सहज जित दिलाएका थिए ।
त्यसैगरी ब्राइटनका लागि जर्जिनियो रोटर र कार्लोस बालेबाले एक एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको ६ खेलमा १३ अंक भएको छ भने ब्राइटनको ६ खेलमा ९ अंक रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया