फुटबल

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इकागज |
असोज १४, २०८१ सोमबार ७:५३ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग लज्जास्पद हार बेहोरेको छ । गएराति भएको इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामले म्यानचेस्ट युनाइटेडमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा ब्रेन्नान जोन्सन, डेजान कुलुसेभेस्की र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए ।


यस खेलमा खेलको ४२औं मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नानडेजले रातो कार्ड पाएका थिए । रातो कार्डसँगै उनले अबका लिगका तीन खेल गुमाउने भएका छन् ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो हार हो । ६ खेलमा ७ अंक बटुलेको म्यानचेस्टर युनाइटेड लिगमा १२औं स्थानमा छ । त्यसैगरी टोटनह्यामको भने यो जितपछि ६ खेलमा १० अंक भएको छ र लिगमा आठौं स्थानमा उक्लिएको छ ।


Author

थप समाचार
x