फुटबल

पिएसजीमाथि आर्सनलको शानदार जित

इकागज |
असोज १६, २०८१ बुधबार ७:४२ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ । गएराति भएको खेलमा आर्सनलले पिएसजीमाथि २-० को सहज जित हासिल गरेको हो ।

आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक एक गोल गरेका थिए । पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो ।


यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ ।

त्यस्तै पहिलो खेल जितेको पिएसजीले भने यस खेलमा लज्जास्पद हार बेहोरेको छ । पिएसजीका प्रशिक्षक लुइस इनरिकले अनुशासन उल्लंघन गरेको भन्दै यस खेलमा आफ्ना प्रमुख खेलाडी ओसमान डेम्बेलेलाई टिम बाहिर राखेका थिए । पिएसजीको यो हारपछि २ खेलमा ३ अंक रहेको छ ।

अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेटस्कसँग खेल्ने तालिका छ भने पिएसजीले पीएसभीसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x