फुटबल

एस्टन भिल्लासँग बायर्न म्युनिख स्तब्ध

इकागज |
असोज १७, २०८१ बिहीबार ७:१ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख प्रिमियर लिग क्लब एस्टन भिल्लासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो ।


एस्टन भिल्लाको जितमा खेलको ७९औँ मिनेटमा जोन दुरानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र २ खेलमा ६ अंक बनाएको छ ।

त्यसैगरी पहिलो खेलमा जित हासिल गरेको बायर्न म्युनिखले यो खेल हारेर २ खेलमा ३ अंक रहेको छ ।


Author

थप समाचार
x