फुटबल

लिलेसँग रियल म्याड्रिड स्तब्ध

इकागज |
असोज १७, २०८१ बिहीबार ८:१९ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग स्तब्ध भएको छ ।

गएराति भएको खेलमा लिलेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।


लिलेको जितमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । लिलेले २ खेलमा ३ हासिल गरेको छ । त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ ।
  


Author

थप समाचार
x