फुटबल

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

इकागज |
असोज २०, २०८१ आइतबार ६:४३ बजे

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।


अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।


Author

थप समाचार
x