फुटबल

साउथहम्पटनमाथि आर्सनलको सहज जित

इकागज |
असोज २०, २०८१ आइतबार ८:१ बजे

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए ।


यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । 

त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो । ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ ।


Author

थप समाचार
x