Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

फुटबल

मेसीको ह्याट्रिकसहित बोलिभियाको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

इकागज |
असोज ३०, २०८१ बुधबार ८:२२ बजे

काठमाडौँ- अर्जेन्टिनाले बोलिभियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए भने लाउतारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरेका थिए ।


यस खेलमा मेसीले २ गोल असिस्ट गर्दै राष्ट्रिय टिमका लागि अहिलेसम्म ५७ गोल असिस्ट गरेका छन् । त्यस्तै मेसीले यस खेलमा तीन गोल गरेसँगै उनको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ११२ पुगेको छ । त्यस्तै उनको क्यारियर गोल संख्या ८४६ पुगेको छ ।

यो जितपछि अर्जेन्टिनाको विश्वकप छनौटमा १० खेलमा २२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै बोलिभियाको १० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।       


Author

थप समाचार
x