Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

फुटबल

सर्बियामाथि स्पेनको शानदार जित

इकागज |
असोज ३०, २०८१ बुधबार ८:४८ बजे

काठमाडौँ- युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।

गएराति भएको समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यस खेलमा स्ट्राहिन्जा पाभ्लोभिकले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सिमित भएको थियो ।


त्यस्तै समुह चारकै अर्को खेलमा स्वीट्जरल्याण्ड र डेनमार्क २-२ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा स्वीट्जरल्याण्डका लागि रिमो फ्रेउलेर र जेकी अमडोउनीले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि गुस्टभ इसाकसेन र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह चारमा स्पेन ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने डेनमार्क ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै सर्बिया ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने स्वीट्जरल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।


Author

थप समाचार
x