Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

फुटबल

पेरुमाथि ब्राजिलको फराकिलो जित

इकागज |
असोज ३०, २०८१ बुधबार ९:२० बजे

काठमाडौँ- ब्राजिलले पेरुमाथि फराकिलो जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज पेरेइरा र लुइज हेनरिकले एक एक गोल गरेका थिए ।


विश्वकप छनौटमा ब्राजिलको पाँचौं जित हो । १० खेलमा १६ अंक हासिल गरेको ब्राजिल चौथो स्थानमा रहेको छ । त्यस्तै पेरुको भने १० खेलमा ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x