फुटबल

साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

इकागज |
कात्तिक ३, २०८१ शनिबार ८:३ बजे

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ ।

गएराति भएको खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ ।


अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए ।

यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौं जित हो । यो जितपछि अल हिललको २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।


Author

थप समाचार
x