फुटबल

नेपाल फर्किदै साम्बा

इकागज |
कात्तिक ४, २०८१ आइतबार १४:५४ बजे

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किंदैछिन् ।

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फर्किन् लागेकी हुन् । साम्बा आज राति काठमाडौँ आइ पुग्ने एन्फाले जनाएको छ ।


साम्बाको अनुपस्थितिमा नेपालले जारी साफ च्याम्पियनसिपको पहिलो खेल खेलिसकेको छ । भुटानविरुद्धको पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएपछि साम्बाको अनुपस्थिति खड्किएको थियो ।

फ्रेन्च महिला लिगमा इएन अभान्ट गुईग्याम्पबाट खेलिरहेकी साम्बालाई क्लबले रिलिज नगरेका कारण रोकिनुपरेको थियो । भुटानविरुद्धको खेल फिफा विन्डोमा नपरेका कारण साम्बालाई क्लबले रिलिज गरेको थिएन । त्यस्तै गुईग्याम्पले यस सिजनमा जित हासिल गर्न नसकेको अवस्थामा टिममा उनको भूमिका महत्वपूर्ण रहेको भन्दै क्लबले रिलिज गरेको थिएन । गुईग्याम्पले गएराति स्ट्रासवर्गविरुद्धको खेलमा ३-२ को जित हासिल गर्दा साम्बाले पहिलो गोल गरेकी थिइन् । जुन यस सिजनमा गुईग्याम्पको पहिलो जित समेत थियो ।

जारी साफमा नेपालले भने अर्को खेल सोमबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x