फुटबल

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

इकागज |
कात्तिक ४, २०८१ आइतबार २१:१३ बजे

काठमाडौँ - बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् ।


खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।

पाकिस्तानका लागि खेलको ३१औँ मिनेटमा जाहमेना मालिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।

यो बराबरीपछि समूह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ । समूह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शीर्ष स्थानमा छ ।

अब समूह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ ।


Author

थप समाचार
x