फुटबल

वोल्भ्समाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इकागज |
कात्तिक ५, २०८१ सोमबार ७:५५ बजे

काठमाडौँ- इङ्‌लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।


म्यानचेस्टर सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरेका थिए । यस अघि १-० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ८ खेलमा २० अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो । केवल एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा रहेको छ ।


Author

थप समाचार
x