फुटबल

नविन न्यौपाने राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त

इकागज |
कात्तिक ५, २०८१ सोमबार १५:१३ बजे

काठमाडौँ - नविन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।


न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नविन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

प्रशिक्षण टिमका तिनै जनालाई अन्तरिम रुपमा जिम्मेवारी दिइएको र उनीहरुले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउने छन् ।
 


Author

थप समाचार
x