Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

फुटबल

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडि

इकागज |
कात्तिक ५, २०८१ सोमबार १९:३ बजे

काठमाडौँ - साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सबिता राना मगर र प्रिती राईले एक एक गोल गरेका थिए ।


समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।
  


Author

थप समाचार
x