फुटबल

भारतमाथि बंगलादेशको शानदार जित

इकागज |
कात्तिक ७, २०८१ बुधबार १९:४७ बजे

काठमाडौँ - बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।


बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । 

यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । योसँगै समूह ए मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । 

त्यस्तै समूह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने बिहीबार लाग्ने छ ।


Author

थप समाचार
x