फुटबल

स्पार्ट प्राहमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

इकागज |
कात्तिक ८, २०८१ बिहीबार ७:५४ बजे

काठमाडौँ- म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेक रिपब्लिकको क्लब स्पार्ट प्राहलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा म्यानचेस्टर सिटीले स्पार्ट प्राहलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।


म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ ।

त्यस्तै स्पार्ट प्राहको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा २१औं स्थानमा छ ।


Author

थप समाचार
x