Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

फुटबल

नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १९:४० बजे

काठमाडौँ - नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।​

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।


नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन् ।

अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समूह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ ।
सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।


Author

थप समाचार
x