फुटबल

फेलिक्सको दुई गोलमा चेल्सी विजयी

इकागज |
कात्तिक ९, २०८१ शुक्रबार ७:४५ बजे

काठमाडौँ- चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।


चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रीक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए ।

चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो । यो जितपछि चेल्सी २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी पानाथिनाइकोसको २ खेलमा एक अंक रहेको छ र लिगमा २९औं स्थानमा रहेको छ ।


Author

थप समाचार
x