फुटबल

हारबाट जोगियो अल नासर

इकागज |
कात्तिक १०, २०८१ शनिबार ७:४३ बजे

काठमाडौँ-अल नासर साउदी प्रो लिग अन्तर्गतको खेलमा अल खोलूदसँग बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा अल नासर अल खोलूदसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।


अल नासरलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा टालिस्काले पेनाल्टीबाट गोल गर्दै हारबाट जोगाएका थिए । उनले यस खेलमा २ गोल गरेका थिए भने आयमेरिक लापोर्टाले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । 

त्यस्तै अल खोलूदका लागि मिजाने माओलिदाले २ गोल गरे भने ज्याक्सन मुलेकाएल एक गोल गरेका थिए ।

यो बराबरीपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै अल खोलूदको ८ खेलमा ६अंक भएको छ र लिगमा १४औं स्थानमा छ ।


Author

थप समाचार
x