फुटबल

स्वरेज र अल्बाको गोलमा इन्टर मियामी विजयी

इकागज |
कात्तिक १०, २०८१ शनिबार ११:३ बजे

काठमाडौँ- इन्टर मियामीले एमएलएस कप अन्तर्गत प्लेअफको पहिलो खेल जितेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एटलान्टा युनाइटेडलाई पराजित गरेको छ ।


इन्टर मियामीले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेज र जोर्डी अल्बाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि साबा लोबझानिडजेले एक गोल गरेका थिए ।

बेस्ट अफ थ्रीमा हुने प्ले अफको दोस्रो खेल नोभेम्बर ३ मा र तेस्रो खेल नोभेम्बर १० मा हुने छ ।


Author

थप समाचार
x