फुटबल

रियल म्याड्रिडको पोस्टमा बार्सिलोनाको चार गोल

इकागज |
कात्तिक ११, २०८१ आइतबार ६:५५ बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ  ।

गएराती भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो  ।


रियल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो  ।

बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गर्दै रियल म्याड्रिडलाई दबाबमा राखेको थियो  । जितको क्रममा बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लामिन यमल र राफिन्हाले एक एक गोल गरेका थिए  ।

यो जितपछि ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ  । बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने रियल म्याड्रिडको ११ खेलमा २४ अंक रहेको छ  ।


Author

थप समाचार
x