फुटबल

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए नेपाल र भारत

इकागज |
कात्तिक ११, २०८१ आइतबार १९:३३ बजे

काठमाडौँ - जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।


नेपालले खेलमा केही गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । तर पहिलो हाफको धेरै जसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो ।

भारतले खेलको सुरुमै आक्रामक सुरुवात गरेपनि गोलमा परिणत भने गर्न सकेन ।

आजको यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।


Author

थप समाचार
x