फुटबल

नेपालकी रेखा पौडेललाई रातो कार्ड

इकागज |
कात्तिक ११, २०८१ आइतबार १९:५७ बजे

काठमाडौँ - नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औं मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सीमित भएको छ ।


पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ ।  रेखाले रातो कार्ड पाएर मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फाले =पछि खेल अवरुद्ध समेत भएको छ ।


Author

थप समाचार
x