फुटबल

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त

इकागज |
कात्तिक १२, २०८१ सोमबार १८:४८ बजे

काठमाडौँ - म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ ।

लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो ।


२०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को कारबाओ कप र २०२४ को एफए कप जिताएका थिए । प्रिमियर लिगमा भने म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन यस सिजनमा पनि कायम रहेको छ । यस सिजनमा म्यानचेस्टर युनाइटेड अहिलेसम्म ९ खेलमा ११ अंक बटुलेर १४औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडले हाल क्लबका सहायक प्रशिक्षक रुड भान निष्टेलरोयलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

 


Author

थप समाचार
x