रोड्रीले जिते 'बालोन डो अर'
काठमाडौँ- म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस वर्षको 'बालोन डो अर' को उपाधि जितेका छन् ।
फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन् । उनले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताएका थिए ।
सन् २०१८ मा लुका मोड्रीचले जितेपछि बालोन डो अर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन् । सन् २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उनी तेस्रो खेलाडी हुन् । यस बिचमा मोड्रीचले सन् २०१८ र करिम बेन्जमाले सन् २०२२ मा बालोन डो अर जितेका थिए ।
रोड्रीले यस वर्षको बालोन डो अर जितेपनि यो विवादित बनेको छ । यस वर्ष यस अवार्डका लागि रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् जुनियरलाई प्रमुख दाबेदार मानिएको थियो । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले यो अवार्ड नजित्ने भएपछि रियल म्याड्रिडले अवार्ड सेरोमनी नै बहिष्कार गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया