फाइनलको पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र बंगलादेश
फाइल फाेटाे
काठमाडौँ - नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।
काठमाडौँस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।
पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।
साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रंगशाला पुगेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया