फुटबल

साफ महिला च्याम्पियनसिप:  बंगलादेश र नेपालले गरे एक-एक गोल

इकागज |
कात्तिक १४, २०८१ बुधबार १९:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेश र नेपालले एक/एक गोल गरेका छन् । काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलमा  बंगलादेश र नेपालले एक/एक गोल गरेका हुन् । 

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।


पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।

साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रंगशाला पुगेका छन् ।


Author

थप समाचार
x