यो हार बिर्सिन धेरै समय लाग्छ : साम्बा
फाइल तस्बिर
काठमाडौँ- नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरि एक पटक उपविजेतामा सिमित हुँदा दु:ख लागेको टिप्पणी गर्दै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन् ।
उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधै ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन् ।
'साफ महिला च्याम्पियनसिपमा पुन: एक पटक उपविजेतामा सिमित हुँदा निकै दु:ख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दा पनि योग्य रहेको ट्रफि जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु' उनले भनेकी छन् 'आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।
साम्बा व्यावसायिक फुटबल खेल्न बिहीबार बिहान नै पेरिसतर्फ लागेकी छन् । उनी फ्रान्सको ए डिभिजन महिला लिग क्लब एन अभान्ट गुइनगाम्पबाट खेल्छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया