उरुग्वेलाई हराउँदै कोलम्बिया पनि सेमिफाइनलमा
काठमाडौँ : कोलम्बिया कोपा अमरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै कोलम्बिया सेमिफाइनलमा पुगेको हो ।
ब्राजिलको ब्सिलिया स्टेडियममा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा कोलम्बियाले चार गोल गर्दा उरुग्वेका खेलाडीका दुई वटा गोल कोलम्बियाका गोलकिपर ओस्पिनाले बचाएका थिए ।
आइतबार बिहानै भएको खेलमा अर्जेन्टिना इक्वेडरलाई हराउँदै सेमीफाइनल पुगेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया