फुटबल

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित

इकागज |
मंसिर २६, २०८१ बुधबार १२:३७ बजे

काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ।

बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो ।


रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए ।

एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए ।

एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १-१ को बराबरीमा ल्याए ।

५६ मिनेटमा रियलका भिनिसियस जुनियरले रियलका लागि दोस्रो गोल गरे ।

लगत्तै ५९ मिनेटमा रियलका बेलिंघमले अर्को गोल थपे ।

एटलान्टाका लुकम्यानले ६५ मिनेटमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त थिएन् ।

जितसँगै रियल ९ अंकसाथ अंक तालिकामा १८ नम्बरमा छ । खराब लयमा रहेको रियलले ६ खेल खेल्दा जम्मा ९ अंक हासिल गरेको छ । एटलान्टा समान ६ खेलमै ११ अंक साथ नवौं स्थानमा छ ।

जारी सिजनको च्याम्पियन्स लिगका सबै खेलमा अपराजित लिभरपुल १८ अंक साथ पहिलो स्थानमा छ ।

लिगका अन्य खेलरूमा पेरिस सेन्ट जर्मनले साल्जवर्गलाई ३-०, बार्यन म्युनिखले साख्तारलाई ५-१, एस्टन भिल्लाले आरुबी लेइपजिगलाई ३-२ गोलले पराजित गरेको छ।


Author

थप समाचार
x