कोपा अमेरिका
पेरुलाई हराउँदै ब्राजिल फाइनलमा
उपाधिका लागि अर्जेटिना र कोलम्बियाबीचको विजेतासँग खेल्ने
काठमाडौँ : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० गोलले हराउँदै ब्राजिल फाइनलमा पुगेको हो ।
ब्राजिललाई जिताउन लुकास पेक्वेटाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । नेयमारले उपलब्ध गराएको कठिन पासलाई सदुपयोग गर्दै पेक्वेटाले ३५ औँ मिनेटमा गोल गरेका हुन् ।
ब्राजिलले अब उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया