फुटबल

मेयर कप भेट्रान फुटबल हुने

इकागज |
पुस १०, २०८१ बुधबार १९:३६ बजे

सांकेतिक फोटो

काठमाडौँ - श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने निश्चित भइसकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । कसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्काले सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको जानकारी दिए ।  काठमाडौँ बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क नलाग्ने उनले बताए । 


एट ‘ए’ साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका चार, ४५ वर्षमाथिका तीन र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ । विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने जनाइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । वडाले रु पाँच लाख उपलब्ध गराएको छ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ ।
 


Author

थप समाचार
x