ब्राजेलियन खेलाडीलाई ८० हजार पाउन्ड जरिवाना, दुई खेलमा प्रतिबन्ध
काठमाडौँ- इङ्लिस प्रिमियर लिगको क्लबका एक खेलाडीमाथि जरिवानासहित दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए) ले जरिवानासहित दुई खेलको प्रतिबन्ध लगाएको हो।
गत साता लिग खेलमा ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सविच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए । उक्त खेलमा उल्भर ह्याम्टन २–१ ले पराजितसमेत भएको थियो ।
कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको एफएले जनाएकोछ । उनले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्गर्गत ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउने भएका छन् ।
उनले यस सिजन १९ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया