एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी
फाइल फाेटाे
काठमाडौं - एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान एक÷एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेल सुरुआती मिनेटमा नै फ्रन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।
खेलको २२औँ मिनेटमा दिवानले गोल गर्दै फ्रेन्डसको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुनसकेन र अन्तत फ्रेन्ड्सले सातदोबाटोमाथि २–० गोलअन्तरले जित निकालेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया