युरो २०२०
इंगल्यान्डलाई पहिलोपटक फाइनल पुर्याएका केन बने हिरो
काठमाडौँ : इंगल्यान्डलाई पहिलोपटक युरो च्याम्पियनसिप २०२० को फाइनलमा पुर्याएका ह्यारी केन 'स्टार अफ द म्याच' बनेका छन् । उनले इंगल्यान्डलाई जिताउन निर्णायक गोल गरेका थिए । अतिरिक्त समयमा उनले हानेकाे पेनाल्टी डेनमार्कका गोलरक्षकले रोक्दा आएको रिबाउण्ड बललाई गोलमा परिणत गरेका हुन् ।
उनकै कप्तानीमा इंगल्यान्ड पहिलो पटक युरो फुटबलको फाइनल पुग्दा केनलाई धेरैले राष्ट्रिय हिरोको उपमा दिएका छन् । इंगल्यान्डको सफल कप्तानी, गोल र टिमलाई फाइनल पुर्याएका उनी खेलको उत्कृष्ट खेलाडी समेत घोषित भए ।
साथै उनले इंगल्याण्डका लागि ठूला प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् । उनले इंगल्यान्डका लागि ठूला प्रतियोगितामा सर्वाधिक गोल गर्ने ग्यारी लिंकेरको १० गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
अब फाइनलमा गोल गरे उनी इंगल्यान्डका लागि ठूला प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्नेछन् । ९ गोल गरेका एलेन शिरेर तेस्रो र ७ गोल गरेका वायन रुनी चौथो स्थानमा छन् । पहिलो पटक फाइनल पुगेको इंगल्यान्डले उपाधिका लागि आइतबार इटालीसँग प्रतिष्पर्धा गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया