फुटबल

एन्फा महिला लिग फुटबलः पुलिसले आर्मीलाई हराउँदै फाइनलमा

इकागज |
माघ १४, २०८१ सोमबार २१:७ बजे

काठमाडौं - एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायर खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई  पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै  फाइनल प्रवेश गरेको हो ।


खेलको निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा खेल सकियपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल टाइब्रेकरमा पुगेको हो ।

पुलिसको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उनले आर्मीको तीन पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन् । टाइब्रेकरमा पुलिसका लागि गोलकिपर उषा नाथ र बिर्सना चौधरीले गोल गर्दै टिमलाई जित दिलाए । सम्झना लावती, समीक्षा घिमिरे र निरू थापाको प्रहारलाई आर्मीकी किपर अञ्जना रानामगरले बचाइन् ।

आर्मीका लागि अञ्जनाले मात्र गोल गरिन् । चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकेको प्रहारलाई किपर उषाले रोकिन् । विमला चौधरीको प्रहार भने बाहिरिएको थियो । यससँगै पुलिसले एपिएफ क्लबसँग यही माघ १६ गते उपाधिका लागि खेल्नेछ ।
 


Author

थप समाचार
x