फुटबल

खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी सम्मानित

इकागज |
माघ २८, २०८१ सोमबार १७:४८ बजे

काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्चले २९औं स्थापना दिवसका अवसरमा खेलकुद पत्रकारिता अवार्ड वितरण गरेको छ । 

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मञ्चले एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट बिनयज्योति सापकोटालाई सम्मान गरेको हो ।


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायतले वरिष्ठ पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे । त्यस्तै युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा खेलकुद मन्त्री चौधरीले नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद  निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भइरहेको बताए । खेलकुद जगतको विकासमा खेल पत्रकारको भूमिका महत्वपूर्ण रहेको उनले बताए । 

त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै  खेलकुद पत्रकार सम्मानित भइरहँदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको बताए । 


Author

थप समाचार
x