फुटबल

काठमाडौंमा अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

इकागज |
माघ २९, २०८१ मंगलबार १५:५४ बजे

फाइल फाेटाे

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फाल्गुन ५ गतेदेखि काठमाडौंमा अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो ।


प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए । 

प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताए । 

प्रतियोगिताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ । प्रतियोगिताको अनुमानीत बजेट २ करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ । 


Author

थप समाचार
x