फुटबल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी

इकागज |
फागुन ५, २०८१ सोमबार १७:१५ बजे

काठमाडौं - अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उद्घाटन खेलमा विजयी भएको छ। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर विजयी सुरूवात गरेको हो ।


म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देश सम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ । 

 


Author

थप समाचार
x