रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ- स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।
बिहीबार बिहान राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल लिगको अन्तिम १६ मा पुगेको हो ।
रियलले समग्र प्लेअफमा ६-३ गोलले अगाडि रह्यो । रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।
खेलको चौथो, ३३औं र ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे ।
रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनमध्ये एक टिमसँग समना गर्नेछ ।
रियल च्याम्पियन्स लिगको साबिक बिजेता टीम हो ।
यस्तै, डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन् ।
दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि डर्टमन्ड समग्रमा ३-० को अग्रताले अघि बढ्यो ।
ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढेको छ । युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया