फुटबल

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

इकागज |
असार २७, २०७८ आइतबार ७:४३ बजे

काठमाडौँ : ब्राजिललाई १-० गोलले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनाले उपाधि उचालेको हो ।

अर्जेन्टिनालाई उपाधि जिताउन एन्जेल डी मारियाले खेलको २२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यससँगै लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जितेका छन् ।



Author

थप समाचार
x