फुटबल

नेपालको लगातार दोस्रो जित, अब फाइनलमा म्यानमारसँग पक्का

इकागज |
फागुन ८, २०८१ बिहीबार २०:५८ बजे

काठमाडौं - नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को जारी खेलमा नेपालले लेबनान माथि १–० को जित निकालेको हो ।


यो जितसँगै घरेलु टोली नेपाल र म्यानमार फाइनलमा भेट्ने पक्का भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले जित हासिल गरेको हो ।

यो जितसँगै २ खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो । 

आजको पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५–० ले पराजित भएको थियो ।

करिब १२ हजार घरेलु समर्थकबीच सावित्राले निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छँदा अट्याकिङ मडफिल्डर विमला चौधरीको सेटपीसलाई सदुपयोग गर्दै गोल गरिन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।


Author

थप समाचार
x