केपी ओली कपको तयारी पुरा

काठमाडौं - आइतबारबाट काठमाडौंमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केपी ओली कप फुटबल च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको हो । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा संघका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया