फुटबल

किर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

इकागज |
फागुन ११, २०८१ आइतबार १६:५३ बजे

काठमाडौं - लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भएको छ । आज सम्पन्न आफ्नो अन्तिम खेलमा किर्गिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै लेबनान प्रतियोगितामा तेस्रो भएको हो ।

लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टी मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेका थिए ।


लेबनान र किर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यानमारसँग पराजित भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा खेलेका तीनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै नेपाल र म्यानमार खेल्दै छन् । त्यस्तै फाइनलमा पनि नेपाल र म्यानमार नै आगामी बुधबार खेल्दै छन् ।


Author

थप समाचार
x