यस्तो छ म्यान्मारविरुद्ध खेल्ने नेपाली 'लाइन अप'

काठमाडौं - काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध आज हुने खेलको नेपाली लाइन अप सार्वजनिक गरिएको छ ।
आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेश्मी घिसिङले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् ।
म्यान्मारविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।
अघिल्लो खेल खेलेका रेखा पौडेल र विमला चौधरीलाई आज बाहिर राखिएको छ ।
फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया