नेपाल र म्यानमार पहिलो हाफमा २-२ गोलको बराबरीमा

काठमाडौं - अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको जारी खेलमा पहिलो हाफमा नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेलेका छन् ।
म्यानमारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।
नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
फाइनलमा पुगिसकेका नेपाल र म्यानमारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया