फुटबल

मोड्रिच र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

इकागज |
फागुन १२, २०८१ सोमबार ७:३२ बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि सहज जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा लुका मोड्रीच र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।


यो जितपछि रियल म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको शिर्ष स्थानमा रहेको बार्सिलोनासँग समान २५ खेलमा ५४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २५ कलमा ५३ अंक रहेको छ ।

त्यसैगरी जिरोनाको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।


Author

थप समाचार
x