कप्तान एन्जीला क्लब ड्युटीका लागि प्रस्थान

काठमाडौं - राष्ट्रिय महिला टोलीकी कप्तान एन्जीला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् ।
एन्जीला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।
यस अघि बिहीबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका थिए ।
पौडेल युएईको आबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन् भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया